Logo

अबदेखि विमास्थलमा खादा, माला लगाएर नजान नागरिक उड्ड्यन प्राधिकरणको अनुरोध

काठमाडौं– अबदेखि विमानस्थलमा खादा माला लगाएर नजान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अनुरोध गरेको छ । विमानस्थलमा खादा, मालाका कारणले सुरक्षा जाँच उपकरण बिग्रिएको भन्दै नलगाउन बिमानस्थलले अनुरोध गरेको छ ।

विमानस्थलमा आफन्त, परिवार वा साथिभाइलाई बिदा गर्नुपरेमा खाता लगाएर बिक्री गर्नुपर्ने चलन छ । तर गलाभरि खादा लगाउँदा समस्या देखिएपछि बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालयले आग्रह गरेको हो ।

कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुले लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो । यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरण एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पु¥याइरहेको सूचनामा उल्लेख गरिएको छ ।

‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको छ’, सूचनामा भनिएको छ ।

खादा, माला लैजाने भएमा यात्रुहरुले बाहिर नदेखिनेगरि झोलाभित्र राखेरमात्रै लैजान कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्