Logo

निश्चल बस्नेतले ‘डेनी डेन्जरस’ निर्देशन गर्ने

काठमाडौं– निर्देशक तथा अभिनेता निश्चल बस्नेतले नयाँ चलचित्र घोषणा गरेका छन् । उनले बुधबार थिम पोस्टर सार्वजनिक गर्दै नयाँ चलचित्र निर्देशनको घोषणा गरेका हुन् ।

उक्त चलचित्रलाई उनले आफ्नो पाँचौँ निर्देशनसमेत भनेका छन् । थिम पोस्टरमा उक्त चलचित्रको नाम पनि उल्लेख छ । चलचित्रको नाम ‘डेनी डेन्जरस’ रहने निश्चलले जनाएका छन् ।

एक्सन जानराको यो चलचित्र सन् २०२५ मा रिलिज गरिने उनले थिम पोस्टरमा उल्लेख गरेका छन् । ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको जनाइएको छ । रगतले तलपतिएको पोस्टरमा बन्दुक, चक्कु आदी देख्न सकिन्छ । पोस्टरले एक्सज जनरामा फिल्म बन्ने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्