Logo

नेपालले अमेरिकासँग लिग–२ भन्दा पहिला टी–२० सिरिज खेल्ने

काठमाडौं– नेपालले अमेरिकासँग आईसीसी विश्वकप लिग–२ अघि तीन टी–२० आई खेलको सिरिज खेल्ने भएको छ ।

नेपाल र अमेरिकाबीच अक्टोबर १७, १९ र २० मा ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा तीन टी–२० आई खेलको सिरिज हुने भएको छ । त्यसपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–२ त्रिकोणात्मक सिरिज ग्राण्ड प्रेरी रंगशाला डालसमा प्रतिस्पर्धा हुनेछ । नेपालले २७ अक्टोबरमा अमेरिकासँग खेल्नेछ ।

दोस्रो खेल स्कटल्यान्डसँग २९ अक्टोबरमा र तेस्रो खेल २ नोभेम्बरमा अमेरिकासँग खेल्नेछ । त्यस्तै ४ नोभेम्बरमा स्कटल्यान्डसँग खेल्नेछ । लिग २ पछि यी तीन टोलीबीच त्रिकोणात्मक टी–२० आई सिरिज समेत हुनेछ ।

हाल नेपाली टोली आईसीसी विश्वकप लिग–२ अन्तर्गतकै त्रिकोणात्मक सिरिज खेल्न क्यानडामा छ । नेपाल, क्यानडा र ओमानबीच लिग–२ सिरिज हुँदैछ । नेपालले सोमबार क्यानडासँग खेल्नेछ । त्यसपछि १८ सेप्टेम्बरमा ओमान, २२ सेप्टेम्बरमा क्यानडा र २४ सेप्टेम्बरमा ओमानसँग खेल्ने तालिका छ ।

नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजमा २८ सेप्टेम्बरमा क्यानडा, २९ मा ओमान, १ अक्टोबरमा क्यानडा र २ अक्टोबरमा ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले क्यानडा वा ए टोलीसँग थप दुई एकदिवसीय अभ्यास खेल खेल्ने सम्भावना छ । उक्त सिरिज खेलेर नेपाल अमेरिका जानेछ ।

नेपाली खेलाडीमा कप्तान रोहित पौडेलको साथमा, कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ) छन् । क्यानडा प्रस्थान गरेको दिन नै सन्दीपले अमेरिकाको भिसासमेत पाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्