Logo

एन्पिएलमा डेभिड वार्नरलाई ल्याउने लुम्बिनीको तयारीः यस्ता छन् सर्त

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा फ्रेन्चाइज टोलीहरुले विदेशी खेलाडीलाई नेपाल ल्याउन पहल गर्न थालेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले विदेशी खेलाडी ल्याउने जिम्मा फ्रेन्चाइज टोलीलाई नै दिएपछि क्लबहरु आफैंले विश्वका स्टार क्रिकेटरहरुसँग छलफल थालेका हुन् ,

यसैक्रममा विश्व क्रिकेटका सुपरस्टार अष्ट्रेलियाका डेभिड वार्नरलाई फ्रेन्चाइज टोली लुम्बिनीले आफ्नो टोलीबाट खेलाउनेगरि नेपाल ल्याउन कुराकानी अघि बढाएको छ ।

लुम्बिनीले एजेन्टमार्फत वार्नरसँग कुरा गरेको जनाइएको छ । उनले एनपीएलमा अन्य विश्वप्रसिद्ध खेलाडी आएमा आफू पनि आउन सकारात्मक भएको बताएका छन् ।

लुम्बिनीबाट नेपालका कप्तान रोहित पौडेल खेल्दैछन् । सन् २०१५ मा अष्ट्रेलियाले विश्वकप जित्दा वार्नर पनि खेलमा सहभागी थिए । आक्रामक ब्याटिङका कारण चर्चित बायाँ हाते ब्याटर वार्नरले गत जुनमा आईसीसी टी–२० विश्वकपमा भारतसँग पराजित भएसँगै सन्न्यास लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्