Logo

नेपाली फुटबलर लाकेन लिम्बू भारतीय लिग खेल्न दिल्ली एफसीसँग अनुबन्धित

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर लाकेन लिम्बूले भारतीय आई लिगको टिम दिल्ली एफसीसँग अनुबन्धित भएका छन् । उनी भारतीय फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता भारतीय लिग (आइ लिग) खेल्नका लागि अनुबन्धित भइका हुन् । आई लिग क्लब दिल्लीले सामाजिक सञ्जाल मार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएका हुन् ।

सिंगापुरबाट नेपालमा फुटबल खेल्न आएका २२ वर्षीय मिडिफिल्डर लाकेनले ए डिभिजन क्लब थ्री स्टारबाट व्यवसायिक फुटबल सुरू गरेका थिए ।
उनी २०२१ देखी थ्री स्टार क्लबमा समेल भएका थिए ।

उनले नेपालका लागि १२ अन्तर्राष्ट्रिय क्याप जितेका छन् । लाकेनले थ्री स्टारका लागि ३४ खेलमा ३ गोल गरेका छन् । लाकेनले नेपाल सुपर लिगमा झापा एफसीबाट खेलेका उनले मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबाट पनि व्यावसायीक फुटबल खेलेका छन् ।

यसअघि नेपाली राष्ट्रिय टोलीका किरन चेम्जुङ र अञ्जन विष्टले विभिन्न भारतीय क्लबसँग अनुबन्धित भएर आई लिग खेलिसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्