Logo

रसियाकी एलिसापछि भारतकी शिल्पा सिन्धु गण्डकी थण्डर्ससँग अनुबन्धित

काठमाडौं- नेपाली महिला भलिबल लिगमा गण्डकी थण्डर्सबाट भारतीय महिला भलिबल टोलीकी सदस्य शिल्पा सिन्धुले खेल्ने भएकी छिन् । गण्डकी थण्डर्सले शिल्पालाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

नेपालमा आयोजना भएको पहिलो र दोस्रो काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा सोहि टोलीमा रहेकी शिल्पाले नेपालमा खेल्ने भएकी हुन् ।

२२ वर्षीया मिडिल ब्लकर शिल्पाले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन् ।

गण्डकीले यसअघि गण्डकीले रसियाकी एलिसा रुबिएकलाई अनुबन्ध गरेको थियो । शिल्पालाई आफ्नो दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । असोज १४ देखि १९ गतेसम्म नेपाली महिला भलिबल लिग हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्