Logo

ओमानसँग हारका बाबजुद गुल्सन बने एकै खेलमा पाँच विकेट र अर्धसतक बनाउने पहिलो खेलाडी

काठमाडौं– अलराउन्डर गुलशन झा नेपालबाट ओडीआईमा एकै खेलमा पाँच विकेट र ५० भन्दामाथि रन बनाउने पहिलो खेलाडी बनेका छन् । क्यानडामा जारी आईसीसी लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा बिहिबार बिहान नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो । २२१ रनको लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गरेको थियो ।

तर नेपाल पराजित भएपनि गुलशनले ५३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए । उनले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रन बनाए । १० ओभरमा २ मेडनसहित ४७ रन खर्चेर ५ विकेट लिएका थिए । हारका बाबजुद गुलशन खेलको प्लेयर अफ द म्याच चुनिए ।

यसअघि नेपालबाट ओडीआईमा एकै खेलमा ५ वा त्यो भन्दामाथि विकेट सन्दीप लामिछानेले र करण केसीले तीन÷तीन तथा सोमपाल कामी र ललित राजवंशीले १÷१ पटक पूरा गरेका थिए । तर सोही खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले बनाउन सकेका थिएनन् ।

ओडीआई इतिहासमा एकै खेलमा ५ विकेट र ५० भन्दा बढी रन बनाउने गुल्सन २४ औं खेलाडी बनेका छन् । पछिल्लो पटक सन् २०२३ मा नेदरल्यान्ड्सका बास डि लिडेले स्कटल्यान्डविरुद्ध एकदिवसीय विश्वकप छनोट २०२३ जुलाईमा १२३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्