Logo

नेपाल पुलिस क्लब आज माल्दिभ्ससँग भिड्दै

काठमाडौं – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र घरेलु क्लब वाम्कोबीचको खेल राति ९ बजे माल्दिभ्सको मालेमा शुरू हुनेछ ।

नेपाल पुलिस क्लब यसअघिका ३ वटै खेलमा जित हात पार्दै अविजित बनेको छ । पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–०, दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० र ताजकिस्तानको डाइमेड क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो ।

पुलिसले समूह चरणको पाँचौ तथा अन्तिम खेल पनि माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्