बेलायतका राजा चार्ल्स तृतीयले दिए संविधान दिवसको शुभकामना

504
Shares

काठमाडौं– बेलायती राजा चार्ल्स तृतीयले संविधान दिवसको उपलक्ष्यमा शुभकामना सन्देश पठाएका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको शुभकामना सन्देश बिहीबार काठमाडौंस्थित बेलायती दूतावासले सार्वजनिक गरेको हो। चार्ल्सले राष्ट्रपति पौडेललाई सम्बोधन गरी शुभकामना दिएका छन्।

‘आज तपाईं र नेपालका जनताले राष्ट्रिय दिवसको विशेष दिन मनाइरहँदा, महामहिम र नेपाली जनतालाई बधाई दिन पाउँदा म र मेरी श्रीमती धेरै खुसी छौं,’ शुभकामना सन्देशमा भनिएको छ।

उनले शान्ति र समृद्धि, वातावरण र जलवायु परिवर्तन जसले आउँदो पुस्तालाई लाभ पुर्‍याउने जस्ता विश्वका महत्वपूर्ण मुद्दामा दुई देश नजिकै बसेर निरन्तर काम गर्ने उल्लेख गरेका छन्।