Logo

काभा महिला क्लब च्याम्पियसिपमा एक खेल अगाडी नै नेपाल पुलिस क्लब फाइनलमा

काठमाडौं– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियसिपमा नेपाल पुलिस क्लब एक खेल बाँकी रहँदै फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको राजधानी मालेमा जारी खेलमा लगातार ४ जीत निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

गएराति भएको प्रतिस्पर्धात्मक खेलमा माल्दिभ्सको क्लब वाम्कोलाई पाँच सेटको खेलमा ३–२ सेटले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो ।

यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । जारी प्रतियोगितामा अपराजित पुलिस ११ अंक जोडेको तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै आज नेपाल पुलिस लगातार पाँचौँ जितको तयारीमा छ । लिग चरणको अन्तिम खेल माल्दिभ्स पुलिस क्लबसँग नेपाली समयअनुसार साँझ ५ः४५ मा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्