Logo

अपराजित यात्रा गर्दै नेपाल पुलिस बन्यो काभा महिला क्लब च्याम्पियन

काठमाडौं– नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिबार उज्वेकिस्तानको हुमो भिसीलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।

पुलिसले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो सेटमा २५–२३ को जित निकाल्दै च्याम्पियनसिप आफ्नो नाममा गरेको हो ।

पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३–० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई पनि समान ३–० सेटले हराएको थियो ।

मलेसियाको वाम्कोसँग भने पुलिसले ३–२ सेटको जित निकालेको थियो। त्यो जितपछि अन्तिम खेलअघि नै पुलिस फाइनलमा पुगेको थियो।

शुक्रवार लिग चरणको आफ्नो अन्तिम खेलमा पुलिसले अर्को घरेलु टोली माल्दिभ्स पुलिस क्लबलाई ३–१ ले हराउँदै अपराजित यात्रालाई कायम राखेको थियो । प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्