Logo

लगातार हारको कारण दबाबमा रहेको नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं– विश्वकप लिग टु अन्तर्गत क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको चौथो खेलमा आज नेपालले ओमानसँग खेल्दैछ ।

खेल नेपाली समय अनुसार मंगलवार बेलुका ८ः४५ बजे क्यानडाको किंग्स सिटी क्रिकेट मैदानमा हुँदैछ । निरन्तर हार व्यहोरेको नेपाललाई यो खेल दबाबपूर्ण छ।

त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग १ विकेटको हार बेहोरेको नेपालले तेस्रो खेलमा क्यानडासँग फेरि ५ विकेटले पराजित भएको थियो ।

नेपाल लिग टु को ७ खेलमा नेपाल निरन्तर ५ हारको सामना गरिसकेको छ । यसअघि नेपालमै भएको विश्वकप लिग टुको पहिलो चरणको खेलमा नेपालले नेदरल्यान्ड्समाथि जित हासिल गरेको थियो । आज ओमानलाई हराउँदै लिग टुमा दोस्रो जित दर्ता गर्ने प्रयासमा नेपाल रहनेछ ।

लिग टुको अंक तालिकामा नेपाल ७ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ । ओमान ६ खेलमा ५ अंकका साथ छैटौं स्थानमा छ ।

 

प्रतिक्रिया दिनुहोस्