Logo

चिनमा भएको कराँते च्याम्पियनसिपमा ऐतिजासिक जित निकालेर स्वदेश आइपुगिन् एरिका

काठमाडौं– चिनमा भएको कराँते च्याम्पियनसिपमा ऐतिहासिक जित निकालेर कराँते खेलाडी एरिका गुरुङ नेपाल फर्किएकी छिन् । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा उनले रजत पदक जितेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । उनी ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सिमित भएकी थिइन् ।

एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।

उनलाई खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरुले राष्ट्रिय झण्डा, माला, खादा लगाएर स्वागत गरेका छन् । उनलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्