Logo

विमानस्थलमा अवतरण गर्न सकेपछि बाराको आकाशमा फन्को मार्दै थाइ एयरवेजको जहाज

काठमाडौं– थाइ एयरवेजको बिमान बारा जिल्लाको आकाशमाथि फन्को मारिरहेको छ । विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि आकाशमा उक्त जहाज फन्को मारिरहेको हो ।

शुक्रबार बिहान देखिनै विमानस्थलको मौसम खराब छ । खराब मौसमका बाबजुद विमानस्थलमा अवतरणको प्रयास गरेको विमानलाई ‘मिस एप्रोच’पछि पाइलटले ‘ओभरसुट’ गरी फर्काएका हुन् ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता रिन्जी शेर्पाले उक्त विमान अवतरण गर्न नसकी फर्किएको बताए । ‘पाइलटलाई सहज लागेन भने मिस एप्रोच गर्छ,’ उनले भने, ‘अनुकूलता मिलाएर फेरि अवतरणको प्रयास हुन्छ ।’

आजै केहि समयअघि कतार एयरलाइन्सको विमान पनि खराब मौसमका कारण आकाशमा पाँच फन्को लगाएर मात्र अवतरण गर्न सफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्