Logo

आज क्यानडासँग टी–२० खेल्दै नेपाल

काठमाडौं– क्यानडामा जारी त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खला अन्तर्गत तेस्रो खेलमा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुने छ । श्रृङ्खलाको पहिलो खेलमा शनिबार क्यानडासँगै खेलेको नेपाल १४ रनले पराजित भएको थियो ।

आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको थियो । नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ । यस्तै सोमबार क्यानडा र ओमानबिच खेल भएको थियो । खेलमा ओमानले घरेलु टोली क्यानडालाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्