घुस रकमसहित तारकेश्वरका अमिन पक्राउ
काठमाडौं– काठमाडौंको तारकेश्वर नगरपालिकाका अमिन ईश्वरचन्द्र चौलागाईं पक्राउ परेका छन् ।
जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेके हो । सोमबार साँझ उनी पक्राउ परेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
उनका अनुसार नगरपालिकामा करारमा कार्यरत अमिन चौलागाईंलाई सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँघुससहित पक्राउ गरिएको हो । आयोगको टोलीले उनको साथबाट स्रोत नखुलेको थप ३४ हजार रुपैयाँसमेत बरामद गरेको छ ।