Logo

एनपिएलमा ललित राजवंशी र लोकेश वम १५ लाखमा बिक्री

काठमाडौं– राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वाधिक १५ लाख रुपैयाँमा जनकपुर बोल्टमा अनुबन्ध भएका छन् ।

काठमाडौंमा जारी एनपीएलको अक्सनमा ‘ए’ क्याटगरीका ललितलाई काठमाडौं र चितवनबाहेक बाँकी ६ टिमले १५ लाखको बोली लगाएका थिए । लक्की ड्रका आधारमा ललित जनकपुर टिममा छनौट भएका हुन् ।

उता लोकेश वमलाई विराटनगर किङ्ग्सले सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गरेको छ । जनकपुरबाहेक बाँकी ७ टिमले लोकेशमाथि बोली लगाएका थिए । लक्की ड्रका आधारमा लोकेश जनकपुरमा अनुबन्धित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्