Logo

एनपिएल अक्सनः बागमती कप्तान रित गौतम कर्णाली याक्समा अनुबन्ध

काठमाडौं– बागमती प्रदेशका कप्तानसमेत रहेका रित गौतमलाई नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा कर्णाली याक्सले अनुबन्ध गरेको छ ।

आइतबार काठमाडौंमा भइरहेको अक्सनमा ५ लाखमा कर्णालीले रितलाई लिएको हो । रित बागमतीका ओपनर ब्याटरका साथै कप्तान हुन् । उनले प्रधानमन्त्री कप र केपी ओली कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्