Logo

आज नेपाल अमेरिकासँग भिड्दै, खेलमा सन्दीपको पुनरागमन

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आफ्नो तेस्रो सिरिजको पहिलो खेलमा आज नेपालले अमेरिकासँग खेल्दैछ । अमेरिकाको डालासस्थित ग्राण्डप्रेरी रंगशालामा नेपाली समयअनुसार राति ९ः१५ बजे सुरु हुनेछ ।

नेपाल, अमेरिकाका साथै स्कटल्याण्ड पनि समावेश रहेको यस सिरिज शुक्रबारबाट सुरु भएको थियो । शुक्रबार भएको खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

यसअघि गत महिना क्यानडामा भएको लिग टु सिरिजमा क्यानडा र ओमानसँग खेलेको नेपाल जित बिहिन बनेको थियो । उक्त सिरिजमा तीन खेलमा पराजित भएको नेपालले एक खेल वर्षाका कारण रद्द हुँदा १ अंक जोडेको थियो ।

त्यसअघि घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र नामिबिया सम्मिलित लिग टु मा नेपालले १ खेल जितेको थियो । अहिलेसम्म लिग टु मा ८ खेल खेल्दा नेपालले जम्मा १ जित हात पारेको छ र ३ अंक जोडेको छ । अंक तालिकामा नेपाल ८ टिम मध्ये सातौं स्थानमा छ । ९ खेलबाट १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ ।

यस्तै नेपाल र अमेरिकाबीच पाँच ओडिआई खेल भएका छन् । जसमध्ये दुवै टोलीले २–२ खेल जितेका छन् । एक खेल भने बराबरी भएको थियो ।

उता केही दिनअघि अमेरिका विरुद्धको तीन खेलको टी२० आई सिरिज ३–० ले क्लिन स्वीप गरेको थियो । नेपालको उक्त प्रदर्शनलाई हेर्दा नेपालका लागि यो सिरिज एकदिवसीय क्रिकेटमा पुनरागमन गर्दे राम्रो अवसर हुनेछ ।

लिग टु को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भइसकेको छ । जसमा सन्दीप लामिछानेले पुनरागमन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्