Logo

पहिलो हाफमा भुटानविरुद्ध बंगलादेशको फराकिलो अग्रता

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा साविक विजेता बंगलादेश र भुटान भिडिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा साविक विजेत बंगलादेशले भुटानविरुद्ध फराकिलो अग्रता बनाएको छ ।

पहिलो हाफ सकिँदा भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि छ ।

बंगलादेशका लागि तोहुरा खातुन र सविना खातुनले समान दुई गोल गरे। रितु पुर्णा चक्माले एक गोल गरिन्। बंगलादेशले खेलको १५, २३,२६, ३५ र ३७औं मिनेटमा गोल गरेको थियो । यता एक गोल फर्काएको भुटानले खेलको ४० औं मिनेटमा गोल गरेको छ ।

साफको अघिल्लो संस्करणको सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८–० को फराकिलो अन्तरले हराएको थियो।

यस्तै सेमिफाइनलअन्तर्गत अर्को खेलमा साँझ ६ः३० बजे नेपालले भारतसँग खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्