Logo

भुटानलाई ७–१ को अन्तरले हराउँदै बंगलादेश फाइनलमा प्रवेश

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा साविक विजेता बंगलादेश फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भुटानलाई ७–१ गोलले हरायो ।

पहिलो हाफ सकिँदा भुटानविरुद्ध बंगलादेश ५–१ ले अगाडि थियो । दोस्रो हाफमा बंगलादेशले थप २ गोल गर्यो । भने भुटानले कुनैपनि गोल फर्काउन सकेन् ।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक पूरा गरिन्। सविना खातुनले समान दुई तथा रितु पुर्णा चक्मा र सन्जिदा अख्तरले समान एक गोल गरिन्।

बंगलादेशले खेलको १५, २३,२६, ३५, ३७, ५८, ७२ औं मिनेटमा गोल गरेको थियो । यता एक गोल फर्काएको भुटानले खेलको ४० औं मिनेटमा गोल गरेको छ । सेमिफाइनल अन्तर्गत बेलुका नेपालले भारतसँग खेल्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्