Logo

नेपाल र भारतको खेल हेर्न रंगशालाको क्षमता भन्दा बढी दर्शक

काठमाडौं–साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालामा क्षमता भन्दा बढी दर्शकहरु उपस्थित भएको पाइएको छ । आयोजकको रिपोर्ट अनुसार आइतबार भएको खेल हेर्न १८ हजार ९ जना उपस्थित भएका थिए ।

दशरथ रंगशालाको क्षमता भने १५ हजार दर्शक हो । यस अनुसार नेपाल र भारतबीचको खेल हेर्ने रंगशालाको क्षमताभन्दा बढी उपस्थित भएका थिए । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ हुनुका साथै मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए । बस्ने ठाउँ नपाएर कतिपय दर्शक उभिएका समेत थिए ।

सो खेलमा नेपालले भारतलाई ट्राइबेकरमा ४–२ ले हराएर फाइनलमा पुग्न सफल भएको थियो । नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्