Logo

साउथका सुपरस्टार थलपती विजय फिल्म छाडेर प्रत्यक्ष राजनीतिमा होमिए

नयाँ दिल्ली– दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय थलापथी फिल्म र अभिनयको करिअरलाई छाडेर प्रत्यक्ष राजनीतिमा होमिएका छन् ।

थलपतिको राजनीतिक दलले ‘तमिलगा वेत्री कझगम (टीभीके)’ ले आधिकारिकता पाएसँगै उनी प्रत्यक्ष राजनीतिमा होमिएका हुन् । अब उनले सोही दलबाट प्रत्यक्ष निर्वाचनसमेत लड्न पाउने भएका छन् ।

उनले गत फेब्रुअरीमै पार्टी स्थापना गरेका थिए । जसले हालसालै आधिकारिकता पाएको हो । दलले आधिकारिता पाएपछि थलपतिले आइतबार पहिलो र्‍याली तथा आमसभा तमिलनाडुको विल्लुपुरममा गरेका थिए । उक्त सभामा जनसागर नै उर्लिएको थियो । उनको समर्थनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाएका हुनेन् ।

थलापथीले आइतबार आमसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको विचार धर्मनिरपेक्षता र सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेको बताए । उनले त्यहीअनुसार पार्टी सञ्चालन गर्ने समेत बताए ।

उनले आफ्नो पार्टीले सरकारी कामकाजका लागि तमिल र अंग्रेजी भाषा उपयोग गर्ने बताए ।

थलपती राजनीतिमा आएपछि अब तमिलनाडुको आगामी विधानसभा चुनाव निकै रोचक हुने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तमिलनाडुमा द्रविड मुन्नेत्र कझगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) पार्टीको प्रभुत्व रहेको छ। पछिल्लो समय तमिलनाडुमा भारतीय जनता पार्टी (भाजपा) को समेत प्रभाव बढ्दो छ ।

यसै क्रममा थलपतिले पनि राजनीतिमा प्रवेश गरेपछि आगामी चुनाव निकै रोचक हुने प्रक्षेपण गरिएको छ ।

५० वषीय थालापथी साउथ फिल्मका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक थिए । साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार उनको बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् । उनी पछिल्लो समय द ग्रेटेस्ट अल द टाइम (गोट) मा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्