Logo

रविको मोबाइल परिक्षणका लागि फरेन्सिक ल्याबमा पठाइयो, डिलिट भएका इमेलसमेत रिकभर हुने

फाइल तस्बिर

काठमाडौं– सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापछि रवि लामिछानेको मोबाइल परिक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि नै उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो ।

फरेन्सी ल्यबमा परिक्षण गरेपछि रविको मोबाइलमा डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । डिलिट भएका इमेलसहितका विवरण रिकभर भएमा अनुसन्धानका लागि थप नयाँ प्रमाण हात पर्न सक्ने भएकाले प्रहरीले मोबाइल परिक्षणको लागि पठाएको छ । मोबाइलको फरेन्सी जाँच अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत नै गर्न लागिएको प्रहरीले जनाएको छ ।

सुर्योदर्शन सहकारीमा रकम अपचलन गरेको आरोपमा कत्तिक २ गते रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीबाट रवि लामिछाने पक्राउ परेका थिए । सोही राति उनलाई सडक मार्गहुँदै कास्की पुर्याइएको थियो । पहिलोपटक कात्तिक ४ गते उनलाई अदालतमा उपस्थित गराइएको थियो । अदालतले त्यस समयमा रविलाई पक्राउ परेको दिनदेखि ६ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त म्याद सक्किएपछि कास्की प्रहरीले लामिछानेलाई गएको शुक्रबार जिल्ला अदालत उपस्थित गराएर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि थप सात दिन म्याद लिएको थियो ।

उनलाई कात्तिक १४ गतेसम्म अदालतमा राख्ने अनुमति दिइएको छ । १५ गतेबाट तिहार सुरु हुने भएकाले अदालत बन्द रहने भएपछि तिहारमा पनि रवि हिरासतमा नै रहने भएका छन् । यस्तै रविमाथी इजलास कक्षमा दुव्र्यवहार भएको र हिरासतमा बयान नलिइ लामो समयसम्म मात्र राख्ने षडयन्त्र भएको भन्दै रास्वपाले विरोध जनाउँदै आएको छ । यस आरोपको जिल्ला प्रहरी कास्कीले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै खण्डनसमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्