काठमाडौं– आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आफ्नो चौथो खेल थाइल्याण्डसँग खेलिरहेको छ । जारी खेलमा नेपालले थाइल्याण्डलाई १४० रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनाएको छ ।
नेपालका लागि ओपनर सना प्रवीणले ४६ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनको अर्धशतक बनाउन सफल भइन् । त्यस्तै अर्की ओपनर साबित्री धामीले २८ रन बनाइन् । सोनी पाख्रिनले १९ रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाइल्याण्डका लागि नथारिका ठोकोइले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिइन् । त्यस्तै केसिनी कैजुम्फोलले २ तथा कोरानित सुवाञ्चोनराथीले १ विकेट लिइन् ।
यसअघि थाइल्याण्डको पहिलो खेलमा नेपाल विजयी भएको थियो ।
प्रतिक्रिया