काठमाडौं– सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बयान लिएको छ । मंगलबार सीआईबीले गुरुङलाई कार्यालयमा बोलाएर बयान लिएको हो ।
कांग्रेस उपसभापति गुरुङकी पूर्व श्रीमती ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीबाट १४ करोडभन्दा बढी अपचलन गरेको आरोप छ । उक्त कार्यमा धनराजको पनि संलग्ना रहेको भनेर आलोचना भइरहेको छ । सोही विषयमा गुरुङलाई सीआईबीले बोलाएर कागजी बयान गराएको हो ।
प्रतिक्रिया