आफ्नो नौ महिने प्रधानमन्त्री कार्यकालमा विकासका कामले तरङ्ग पैदा गराएको माधवकुमार नेपालको दाबी


काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको समस्याका मूल कारण राजनीतिक अस्थिरतालाई मात्रै लिन नहुने बताएका छन् । आज (बिहिबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित नेपाल नेवाः राष्ट्रिय संघ ९समाजवादी० को वार्षिक प्रकाशन नेपाल सम्वत ११४५ को क्यालेण्डर विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आफू ९ महिना प्रधानमन्त्री बन्दा छोटो समयमा नै विकासका कामले तरङ्ग पैदा गराएको बताएका हुन् ।

आफूले सरकारमा रहेको बेला गफमात्रै नभएर काम गरेर देखाएको उनले बताए । अध्यक्ष नेपालले मर्निङ सोज् द डे भनेझैं आफूले गरेपछि हुँदोरहेछ भन्ने प्रमाण पेश गरेको बताए । उनले आफू नेतृत्वको सरकारले गरेको कामबारे नेता तथा कार्यकर्ताले प्रचार प्रसार नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘हाम्रो देशको समस्याको मूल कारण सरकारको अस्थिरता होईन । ९ महिना हामी सरकारमा हुँदाखेरी उद्धाहरण पेश गरेका छौं, गफ होईन । काम गरेर देखाएका छौं, साह्रा देशमा तरङ्ग पैदा गरिदियौं । आफ्नो गाउँ आफैं बनऔ, ९ स को अभियानदेखि लिएर, बृद्ध भत्ताको कुरा, सुकुम्बासीलाई जग्गा बाँड्ने, ६० हजार परिवारलाई जग्गा बाँड्ने कामदेखि लिएर, ‘मर्निङ सोज् द डे ।’ गर्नेले छोटो समयमा गर्छ,’– उनले भने ।

साथै, गणतन्त्र ल्याउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको भन्दा आफ्नो धेरै ठूलो भूमिका रहेको उनले दाबी गरे । कांग्रेसले बेबी किङ्गको कु्रा गरेर गणतन्त्र ल्याउने बेलामा खास्सै भूमिका खेल्न नसकेको र ओलीले त गणतन्त्रको विरोध नै गरेको बताए ।