काठमाडौं– नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण चर्चित भारतीय टेलिभिजन स्टार स्पोर्टसले गर्ने भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।
क्यानका सचिव पारस खड्काले एनपिएलको प्रसारणबारे जानकारी गराएका हुन् । ब्रोडकास्टको अधिकार स्टार स्पोर्ट्सले पाएको भन्दै उनले भने, ‘सानै देखि ‘स्टार स्पोर्टस्’ मा क्रिकेट हेर्दाको उत्साहलाई अब नेपालको एनपिएल पनि हेर्न पाउने अवसर मिलेको छ ।
यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) को मुख्य प्रायोजकमा सिद्धार्थ बैंक रहेको छ । सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको पारस खड्काले जानकारी दिए ।
आठ टिम फ्रेन्चाइज टोली सहभागी हुने लिग १५ मंसिरमा काठमाडौंमा सुरु हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल ६ पुससम्म चल्नेछ।
प्रतिक्रिया