परिक्षामा खराब नतिजा आएपछि जथाभावी चक्कु प्रहार, आठ जनाको मृत्यु


एजेन्सी– चीनमा एक युवकले जथाभावी चक्कु प्रहार गर्दा आठ जनाको ज्यान गएको छ । उनको आक्रमणबाट १७ जना घाइते भएका छन् ।

बीबीसीका अनुसार वुशी सहरको एक कलेजमा २१ वर्षका विद्यार्थीले जथाभावी चक्कु प्रहार गरेका हुन् ।

चक्कु प्रहार गर्ने ती विद्यार्थीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ । प्रहरीका अनुसार चक्कु प्रहार गर्ने युवा पनि त्यही कलेजका विद्यार्थी हुन् ।

यस अघि इन्टर्नशीपमा कम पैसा दिएको भनेर असन्तुष्टि पोखिरहेका ती विद्यार्थीको परीक्षामा खराब नतिजा आएपछि कलेजले प्रमाणपत्र दिन अस्विकार गरेको थियो । खराब नतिजापछि आक्रोशित बनेका युवाले कलेजमा जथाभावी चक्कु प्रहार गरेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।