काठमाडौं– नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजको ब्रान्ड एम्बेसडर बन्नुभएको छ ।
इन्दुलाई आइतबार राति काठमाडौंले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा सार्वजनिक गरेको हो । काठमाडौंको प्रशिक्षकमा वसन्त शाही र मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउन्डर करण केसी छन् । काठमाडौंले एनपीएलमा लगाउने जर्सी पनि सार्वजनिक गरेको छ ।
आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहने एनपीएल नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १५ देखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
प्रतिक्रिया