काठमाडौं– पाकिस्तानमा जारी नेत्रहीन टि–२० क्रिकेट विश्वकपमा नेपालले पहिलो जित निकालेको छ। सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई फराकिलो अन्तरले हराउँदै पहिलो जित दर्ता गरेको हो ।
नेपालले अफगानस्तानलाई १०८ रनले हराएको छ । पहिले ब्याटिङ गरेको नेपालले अफगानस्तानको सामु २२९ रनको लक्ष्य पेश गरेको थियो । अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनाउन सफल भयो ।
अफगानस्तानका लागि अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाएका थिए ।
नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले एक÷एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर २२८ रन बनाएको थियो । नेपालका पदम बढाइलाले ५१ बलमा अविजित ९२ रन बनाए भने नरेश चौधरीले ६२ बलमा ७२ रन बनाए ।
यसअघि नेपाल श्रीलंका र बंगलादेशसँगको खेलमा भने पराजित भएको थियो । अब नेपालले भोलि दक्षिण अफ्रिकासँग खेल्दैछ । उक्त खेल जित्दै सेमिफाइनलमा स्थान बनाउने नेपाली टोलीको लक्ष्य हुनेछ ।
प्रतिक्रिया