काठमाडौं– यूएईमा जारी यू १९ एसिया कपमा श्रीलंकाले नेपाललाई २३४ रनको मध्ययम लक्ष्य प्रस्तुत गरेको छ । टस हारे पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ४९.४ ओभरमा अलआउट हुँदै २३३ रन जोडेको हो ।
श्रीलंकाका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । लक्भीन अबेसिंगाले ५० बलमा ५३ रन बनाए । कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४ रन जोडे ।
नेपालका लागि सन्तोष यादवले १० ओभरमा ४५ रन खर्चिएर ४ विकेट लिए । युवराज खत्रीले १० ओभरमा ४४ रन खर्चिएर २ विकेट लिए ।
प्रतिक्रिया