काठमाडौं– यूएईमा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । टस जितेर बंगलादेशले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रन लागेको हो ।
पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको नेपाल पहिलो जितको खोजीमा छ । उता बंगलादेशले भने पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । बंगलादेश लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ ।
पहिलो खेलमा नेपाल श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७८ रनमा अलआउट भयो ।
नेपाली टोली हेमन्त धामीको कप्तानीमा यूएई पुगेको छ । नेपाल रहेको समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।
प्रतिक्रिया