काठमाडौं– रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा कामदारहरुमाथि माटोको ढिस्को खसेर थप एक जनाको मृत्यु भएको छ । एक जना थपिएसँगै उक्त दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
सुनछहरी गाउँपालिका वडा नम्बर ३ बाहिरी गाम भन्ने स्थानमा निर्माणधिन पुलको माटोको ढिस्को खसेको थियो । आज बिहान ९ः५० बजे खसेको उक्त ढिस्कोमा पाँच जना पुरिएका थिए भने दुई जना भाग्न सफल भएका थिए ।
बिहान १०ः२० बजे मानिसहरु पुरिएको खबर पाएपछि सो स्थानमा इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा ७ जना र प्रहरी चौकी गामबाट प्रहरी सहायक निरीक्षक प्रकाश विष्टको कमाण्डमा ५ जनाको टोली उद्धारमा खटिएको थियो ।
टोलीले ६६ वर्षीय देविराम परियारको शव फेला पारेसँगै पुरिएका सबैजनाको शव फेला परेको त्यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको शव फेला परेको थियो । उनीहरु सबैजना बाहिर गामका स्थानीय हुन् ।
मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुलका लागि एलबी एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवाले जिम्मा लिएको थियो ।
प्रतिक्रिया