काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमध्ये दुई जनालाई सोमबार र दुई जनालाई मंगलबार पक्राउ गरेको सिआईबीले जनाएको छ ।
सिआईबीका अनुसार सोमबार पक्राउ परेका दुईजना नागरिक भारतीय रहेका छन् । आज पक्राउ परेकालाई कार्यालय लगेपछि उनीहरुको बारेमा थप जानकारी प्राप्त हुने जनाइएको छ ।
एनपीएलमा सट्टेबाजी तथा बेटिङ हुने आशंकामा सीआईबीले एक एसपीको कमाण्डमा टोली नै खटाएर काम गरिरहको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो पटक आयोजना गरेको एनपीएल पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा जारी रहेको छ । आज पहिलो खेलमा विराटनगर किंगस्लाई सुदुरपश्चिम रोयल्सले ९० रनले हराएको छ भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिडिरहेका छन् ।
प्रतिक्रिया