जाडो महिनामा प्रीय बदामः यस्ता छन् फाइदा


काठमाडौं– जाडो महिनामा दिउँसो न्यानो घाममा बसेर बदाम छडाएर खानुको मज्जा नै बेग्लै हुन्छ । परिवार र साथिभाइसँग मिलेर बदाम खान रुचाइने गरिन्छ । यसरि बदाम खाँदा रमाइलो त हुन्छ नै शरिरलाई पनि निकै फाइदा पुग्नेगर्छ ।

बदाममा भरपुर मात्रामा प्रोटिन पाइने गर्छ । शरीरको वृद्धि विकासका लागि प्रोटिन नभई नहुने तत्त्व हो। त्यसैले बढ्दो उमेरका केटाकेटी तथा वृद्ध वृद्धाका लागि बदाम निकै राम्रो मानिन्छ।

यस्ता छन् नियमित बदाम खानुको फाइदा

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन। जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन। त्यसैले मोटोपनबाट बचाउन बदामले मद्दत पुर्याउन सक्छ ।

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ। बदाममा पाइने फाइटोस्टेरोलु नामको तत्वले क्यान्सर हुने जोखिमबाट पनि जोगाउँछ ।

यस्तै बदाममा प्रशस्त मात्रामा फोलिक एसिड पनि पाइन्छ। यसले महिलामा प्रजनन क्षमता बढाउँछ। साथै गर्भमा रहेको शिशुको वृद्धि विकासमा पनि यसले सकारात्मक प्रभाव पार्छ ।

अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ। नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ।

बदाममा पाइने अर्को तत्व हो भिटामिन सी । घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ। साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ।

नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ। बदाममा कपाल लामो र सुन्दर बनाउने तत्त्व रहेको हुन्छ। यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन। त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ।