काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सहभागि आठ टोलीहरु एक अर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । यसैक्रममा बुधबार पहिलो खेलमा काठमाडौं गुर्खाज र कर्णाली याक्स एक अर्कासँग भिडे ।
आफ्नो पहिलो खेलमा हार ब्यहोरेका यी दुई टोली जीत्ने दाउमा मैदानमा भिडिरहेका छन् । पहिले फिल्डिङ गरेको काठमाडौं गुर्खाजले जीतका लागि १५० रनको लक्ष्य पाएको थियो । काठमाडौं गुर्खाज् निर्धारित २० ओभरमा लक्ष्य पुर्याउन आक्रामक ब्याटिङ गरिरहेको छ । यसैक्रममा काठमाडौं गुर्खाजकी ओनर शृङ्खला खतिवडाले आफ्नो टोलीको जीतको कामना गर्दै हात जोडेर प्रार्थना गरेकी छिन् ।
फलतः शृङ्खलाको प्रार्थनाझै काठमाडौं गुर्खाज्ले एनपीएलमा आफ्नो खाता खोलेको छ । कर्णाली याक्सलाई तीन विकेटले पराजित गर्दै एनपीएलमा आफ्नो पहिलो जीत दर्ता गरेको हो ।
काठमाडौं गुर्खाज्का लागि कर्णालीले दिएको १५० रनको लक्ष्य ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।
प्रतिक्रिया