काठमाडौं– काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सोमपाल कामीको कप्तानीमा रहको कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै काठमान्डुले पहिलो जित निकालेको हो ।
कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले ३ बल अगावै ७ विकेट गुमाएर १५३ रन बनाउँदै पूरा गरेको हो ।
काठमान्डुका लागि सुमित महर्जनले अविजित ४० रन बनाए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । जेरार्ड एरासमसले ३८ तथा कप्तान करण केसीले २८ रन बनाए । माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए । कर्णालीका लागि सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।
यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती पेश गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।
धवनले ५१ बलमा ४ चौका र ५ छक्कासहित ७२ रन जोडे। बलिङतर्फ काठमाण्डुका जेरार्ड एरासमसले २ विकेट लिए भने दिपेश कँडेल, करण केसी, नाथन सोटरले १(१ विकेट लिए ।
प्रतिक्रिया