९९ वर्षमा इतिहासकार पुरुषोत्तम शमशेरको निधन


काठमाडौं– इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार दिउँसो उनको निधन भएको हो ।

वि.सं १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा उनको जन्म भएको थियो ।

उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।