यु–१९ एसिया कप खेलेर आएको भोलीपल्टै नरेनले काठमान्डुविरुद्ध लिए पाँच विकेट, सुदूरपश्चिम रोयल्स ७३ रनले विजयी


काठमाडौं– जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको छ । युवा बलर नरेन साउदले ५ विकेटको सहायतामा सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको हो ।

नरेनले ५ विकेट लिएपछि १६८ रनको लक्ष्य पछ्याएको काठमान्डु गुर्खाज १५.५ ओभरमा ९४ रनमै अलआउट भयो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डुविरुद्ध नै ५ विकेट लिएका थिए । नरेन यू१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुने र भोलीपल्ट एनपीएलमा डेब्यु गर्दै सानदार प्रदर्शन गर्दै ५ विकेट लिए । उनले यु–१९ एसिया कपमा मंगलबार अफगानस्थानविरुद्ध सर्वाधिक रन बनाएका थिए ।

काठमाडौंका लागि स्टेफेन इस्किनाजी सर्वाधिक ४३ रन जोडे । ३२ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हिर्काएपनि टिमको हार र्टान सकेनन् । त्यस्तै सुमित महर्जनले १४ रन जोडेको खेलमा भीम सार्कीले १० रन थपे कप्तान करण केसी १ रनमा आउट हुँदा अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यस्तै सुदुरपश्चिमका लागि अविनाश बोहराले दुई , ब्रान्डन म्याकमुलेन र सैफ अली जैबको नाममा समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सु्दूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजसामू ६ विकेट गुमाउँदै १६८ रनको विजयी लक्ष्य पेश गरेको थियो । । त्रिवि मैदानमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन जोड्यो ।

सुदूरपश्चिमबाट म्याकमुलमले ३१ बलमा ५० रन पूरा गरे । यसक्रममा उनले तीन चौका र चार छक्का प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४३ रन जोडे । विनोद भण्डारी ३६ रनमा आउट हुँदा सैफ अली जैबले १३ रन थपे । बलिङतर्फ काठमाडौंका रासिद खानले दुई तथा करण केसी, साहब आलम र जेरार्ड एरास्मसले समान १ विकेट लिए ।