काठमाडौं– ट्यालेन्ट हन्टबाट छनोट भएका युवा बलर विपिनप्रसाद शर्माले किफायति बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिएपछि जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सलाई चितवन राइनोजले १३१ रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए । ४० बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५९ नर जोडे । बोपाराले लगातार दोस्रो खेलमा अर्शधतक प्रहार गरेका छन् । उनी एनपीएलमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए ।
कप्तान कुशल मल्लले २३ रन थपेको खेलमा विपिन रावलले ११ तथा अमर रौटेलाले ९ रन थपे । बलिङमा विपिनले तीन तथा जिसन मक्सुदले २ सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए । तेस्रो खेल खेल्न लागेको कर्णाली हालसम्म जितवीहिन छ भने चितवनले यसअघिको दुवै खेल जितिसकेको छ ।
प्रतिक्रिया