कर्णाली याक्सले खोल्यो खाता, चितवन राइनोजसँग ६ विकेटले बिजयी


काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार सम्पन्न पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णालीले पहिलो जीत निकालेको हो ।

आज तेस्रो खेल खेलेको कर्णाली याक्सको यो पहिलो जित हो भने तेस्रो खेल खेलेको चितवन राइनोजको पहिलो हार हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३० रन बनाएको थियो ।

१९.५ ओभरमा चार विकेट गुमाएर एक सय ३२ रन बनाउँदै कर्णालीले विजयलक्ष्य पार गर्‍यो । कर्णाली याक्सका लागि एनपीएलकै स्टार खेलाडी शिखर भवनले सर्वाधिक ४५ रनको योगदान गरे । देव खनाल २४ र चाडविक वाल्टन ३० रनमा आउट भए। जिसन मक्सुद १२ र गुल्शन झा ४ रनमा अविजित रहे । अर्जुन घर्ती ११ रनमा आउट भए ।

बलिङमा चितवनका कप्तान कुशल मल्ल, रवि बोहारा र निकोल लोफ्टी इटनले एकएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३० रन जोड्यो । चितवनका लागि रवि बोपाराले अर्धशतक हिर्काए । ४० बलको सामना गरेका उनले ७ चौका र १ छक्काको मद्दतमा ५९ नर जोडे । बोपाराले लगातार दोस्रो खेलमा अर्शधतक प्रहार गरेका छन् । उनी एनपीएलमा दुई अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले पोखरा एभेन्जर्स विरुद्ध ५१ रन बनाएका थिए ।

कप्तान कुशल मल्लले २३ रन थपेको खेलमा विपिन रावलले ११ तथा अमर रौटेलाले ९ रन थपे । बलिङमा विपिनले तीन तथा जिसन मक्सुदले २ सोमपाल कामी र नन्दन यादवले समान १ विकेट लिए ।