काठमाडौं– कप्तान रोहितकुमार पौडेल र टम मूर्सले चौथो विकेटका लागि १०८ रनको शतकीय साझेदारी गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई लुम्बिनी लायन्सले १७१ रनको विजयी लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन जोड्यो । लुम्बिनीका लागि कप्तान रोहितले ९५ रनको पारी खेले । शतकबाट मात्र ५ रन टाढा रहेका रोहितले ५९ बलमा १० चौका र ४ छक्का हिर्काए ।
टम मूर्सले ४५ रन जोडेको खेलमा सन्दीप जोरा १८ रनमा आउट भए । ओपनरद्धय आसुतोष घीरैया र उन्मक्त चन्द शून्य रनमै आउट भएपछि रोहित र मुर्स मिलेर पालीसम्हालेका थिए ।
बलिङमा पोखराका विपीन खत्रीले २ र म्याट क्रिट्ले एक विकेट लिए ।योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन्।
यसअघि जनकपुरलका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए।
प्रतिक्रिया