जनकपुरधाम– सप्तरीमा झ्यालमा बाँधिएको अवस्थामा एक शव फेला परेको छ । राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको सुधीर कुमार झा नाम गरेका व्यक्तिको शव भेटिएको हो ।
अन्दाजी ४५ वर्षीय झा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत थिए । उनको शव बिहान देखेपछि स्थानीयले आइतबार बिहान प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
प्रत्यक्षदर्शीका अनुसार मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान प्रत्यक्षदर्शीले गरेका छन् ।
प्रतिक्रिया