काठमाडौं– धादिङको कृष्णभीरमा ग्यास बुलेट दुर्घटनामा परेको छ । धादिङ प्रहरीका अनुसार चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय ग्यास बुलेट पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा दुर्घटनामा परेको हो ।
आइतबार बिहान दुर्घटनामा परेको उक्त ग्यास बुलेटका चालक र सहचालक बेपत्ता भएका छन् । सडकबाट करिब एकसय पचास मिटर तल भिरमा .खसेको ग्यास बुलेटको अगाडिको केही भाग भीरमा अड्किएको छ भने पछाडिको भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको धादिङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए ।
अज्ञात अवस्थामा रहेका चालक र सहचालकको खोजी कार्य जारी रहेको उनले बताए । यस्तै ग्यास बुलेट दुर्घटनामा परेको क्षेत्र वरपरका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया