काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । आज स्वदेश फकिएका उनले जानुअघि एभरेस्ट बेस क्याम्प घुम्न निस्किएका थिए ।
कर्णाली याक्सका मालिक गृहेन्द्र घिमिरेसँग उनी मनाङ एयरको हेलिकोप्टरमा बेसक्याम्प गएका थिए । त्यहाँ उनले केही घन्टा बिताएपछि फर्किएका पथइ ,
बेलुकी ५ः३० बजे एयर इन्डियाको उडानबाट धवन भारत गएका छन् । उनले कर्णाली याक्सबाट एनपीएलका चारवटा म्याच खेलेका हुन् ।
प्रतिक्रिया