सिरियाका राष्ट्रपति सत्ता छाडेर भागेको मौका पारेर इजरायलको आक्रमण


काठमाडौं– सिरियाको राजधानीबाट राष्ट्रपति भागेपछि अहिले विद्रोही समूहले सत्ता कब्जा गरेको छ । इस्लामिक विद्रोह समूहले राष्ट्रपति बसर अल असदको सत्ता कब्जा गरेसँगै इजरायले त्यहाँ आक्रमण सुरु गरेको छ ।

इजरायली लडाकु विमानले सिरियाको राजधानी दमास्कससहित देशभर आक्रमण शुरू गरेका हो । बिबिसीका अनुसार दमास्कस, दारा, लताकिया र हमा शहरका सैन्य स्थललाई निशाना बनाएर इजरायलले सयभन्दा बढी हवाई आक्रमण गरेको बीबीसीले जनाएको छ ।

इजरायलले रासायनिक हतियार उत्पादनसँग जोडिएको एक अनुसन्धान केन्द्रमा समेत आक्रण गरेको हुनसक्ने आशङ्का छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो देशको सुरक्षाका लागि यो कारबाही जरुरी रहेको बताएका छन् ।

उता सिरिया आक्रमणमा परिरहँदा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका नेपाली सेनाको अवस्थाका बारेमा समेत चिन्ता व्यक्त गर्न थालिएको छ ।