काठमाडौं– विलियम बोसिस्टोले ४ ओभरमा २८ रन दिएर ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ ।
त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमै अलआउट भयो । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन जोड्नबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराको ब्याटिङ धराशयी बनाउन कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए । उनी नेपाल प्रिमियर लिगमा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । यसअघि सोहेल तनविर, नरेन साउद र हर्श थाकेरले एकै खेलमा ५ विकेट लिएका थिए ।
प्रतिक्रिया