काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० मा कर्णाली याक्सले तेस्रो जित निकालेको छ । आज भएको खेलमा कर्णालीले पोखरा एर्भेन्जर्सलाई ७ विकेटले हराउँदै तेस्रो जीत निकालेको हो ।
जीतका लागि १०४ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । कर्णालीका लागि गुल्सन झाले सर्वाधिक ४९ रनको योगदान दिँदै अविजित रहे । ओपनर देव खनाल शून्य रनमा आउट भएको खेलमा अर्का ओपनर चाडविक वाल्टनले ४२ रन बनाए । पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले एक÷एक विकेट लिए ।
यसअघि त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ ओभरमा १०३ रनमै अलआउट भएको थियो । पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५ तथा रेमन रेइफरले २० रन जोड्नबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पोखराको ब्याटिङ धराशयी बनाउन कर्णालीका विलियम बोसिस्टो एक्लैले ६ विकेट चट्काए । ४ ओभर बलिङ गरेका उनले मात्र २८ रन दिए ।
५ खेल खेलेको कर्णाली तीनमा जित र २ मा हारसहित समूहको चौथो स्थानमा रहँदै प्लेअफमा पुग्नसक्ने बलियो दाबेदार बनेको छ । चार खेल खेलेर तीनमा हार भोगेको पोखरा पुच्छरबाट दोस्रो स्थानमा छ ।
प्रतिक्रिया