पर्सा– सहकारी ठगीको अभियोगमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको पर्सा जिल्ला सरकारी वकिल कार्यालयमा बयान सक्किएको छ । सानो पाइला सहकारीको रकम गोरखा मिडियामा लगेर अपचलनको आरोपमा अनुसन्धाका लागि सोमबार पोखराबाट पर्सा पुर्याइएको लामिछानेको आज बयान सक्किएको हो ।
बयान सक्किएपछि उनलाई पोखरातर्फ पठाएको छ । विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले रविको बयान लिएको थियो । अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याउन लागिएको उनले जानकारी दिएका छन्।
प्रतिक्रिया